इरानी राष्ट्रपति र ट्रम्पबिच भेटवार्ता हुने सम्भावनाबारे चासो
ratopati.com · Tue Sep 22 19:00:28 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी राष्ट्रपति मसुद पेजेस्कियान न्युयोर्क प्रस्थान गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको सम्भावित भेटवार्ताबारे चासो र चर्चा सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार आजै इरानी र अमेरिकी नेताहरूबिच करिब तीन घण्टा लामो छलफल भएको छ । यद्यपि, उक्त छलफलमा कुन-कुन इरानी अधिकारीहरू सहभागी थिए भन्ने विषय अझै स्पष्ट हुन सकेको छै न । राष्ट्रपति ट्रम्पले आफू पेजेस्कियानसँग भेटवार्ता गर्न ‘सम्भवतः तयार (खुला)’ रहेको प्रतिक्रिया दिएका छन् । तर, दुवै पक्षबाट हालसम्म यस भेटको औपचारिक पुष्टि भने गरिएको छै । यदि यस्तो भेटवार्ता भएमा इरानभित्र केही पक्षबाट यसको कडा विरोध हुन सक्ने ठानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)