महिला उद्यमीलाई कोसेली घर
ratopati.com · Tue Sep 22 19:25:31 GMT 2026

तनहुँ । तनहुँका महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको व्यास कोसेली घरले आफ्नो शाखा विस्तार गरेको छ ।
व्यास नगरपालिका–३, एकीकृत सेवा कार्यालय नजिकै नयाँ शाखा विस्तार गरेको हो । स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई सहज रूपमा उपभोक्ता माझ पुर्याउने, महिला उद्यमीलाई बजारको पहुँचमा जोड्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)