मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा एकै वर्ष २१७ उद्योग बन्द, १२ हजारले गुमाए रोजगारी

ratopati.com · Mon Jul 31 06:40:00 GMT 2023

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित आमाको भान्सा मसला उद्योग करिब ६ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बन्जाडेले अहिले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याएका छन् ।

‘पछिल्लो समय उद्योगको लागि भारतबाट आउने कच्चा पदार्थ जिराको चरम मूल्यवृद्धि, अवैध तरीकाबाट आउने अन्य मसलासँग प्रतिस्पर्धा गर्न बजारमा सकस भयो,’ बन्जाडे भन्छन्, ‘अर्कोतिर लोनको लागि बैंकको कडाइपछि उद्योग नै बन्द गर्नु पर्‍यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)