सुदूरपश्चिममा चरम बेथिति, एक वर्षमा साढे ४ अर्ब अनियमितता
thahakhabar.com
धनगढी : सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथिति बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका १ सय २९ कार्यालय र ७९ स्थानीय तहले एक वर्षमै ४ अर्ब ५५ करोड २० लाख ५७ हजार रूपैयाँ अनियमित तरिकाले खर्च गरेका छन्।
सार्वजिनक खर्च प्रणालीमा प्रदेश र स्थानीय तह चुक्दै आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रमाणित गरेको छ। प्रदेशका १ सय २९ कार्यालयको २६ अर्ब ७७ करोड ६ लाख १० हजार रूपैयाँको लेखापरीक्षण गर्दा ५७ करोड ५१ लाख ५७ हजार रूपैयाँ अनियमित तवरबाट खर्च गरेको महालेखाले पाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)