बागमती सरकारबाट एमालेका सबै मन्त्रीको राजीनामा
aarthiknews.com

काठमाडौं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले०का सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उनीहरूले मंगलबारदेखि लागू हुने गरी आफ्नो राजीनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष बुझाएका हुन्।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै एमालेका तर्फबाट सरकारमा रहेका सबै मन्त्रीहरूको राजीनामा स्वीकृत गर्न आग्रह गरेका छन्। बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट ६ जना मन्त्री सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)