मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पर्यटक बढेपछि व्यवसायी उत्साहित

ekantipur.com · Sat Sep 25 00:48:23 GMT 2021

पोखरा — लेकसाइडको चल्तीको रेस्टुराँ बीजीबी क्याफे गत शुक्रबार साँझ खचाखच भयो । रेस्टुराँमा भीड देखेर सञ्चालक ज्याक तामाङ हौसिए । शनिबार र आइतबार रेस्टुराँ भरिभराउ भएको देखेर उनले कोरोना महामारीअघिका दिन सम्झिए । ‘रेस्टुराँमा ग्राहक देखेर कोरोना महामारी छ भन्ने नै बिर्सिएँ,’ उनले भने, ‘अब पोखराको पर्यटन लयमा फर्किंदै छ ।’

असोज १ बाट प्रशासनले कास्कीमा निषेधाज्ञा पूर्णरूपमा फुकुवा गरेपछि पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको हो । चाडबाड नजिँकिँदै गएकाले पनि देशका विभिन्न ठाउँबाट सपरिवार पर्यटक घुम्न आएका छन् । सभा, सम्मेलन, गोष्ठीले पनि पोखराको पर्यटनमा भरथेग गरेका छन् । पोखराका सबै गन्तव्य पूर्णरूपमा खुलेका छन् । धार्मिकस्थल, पार्क, भ्यु पोइन्टलगायत ठाउँमा निर्बाध घुम्न पाइन्छ । अल्ट्रालाइट, जिप फ्लायर, बन्जी, क्यानोनिङजस्ता साहसिक गतिविधि सञ्चालनमा आइसकेका छन् । अर्को सातादेखि प्याराग्लाइडिङसमेत सुरु हुनेछ । प्याराग्लाइडिङ सुरु गर्नुपूर्व ग्लाइडर, हार्नेसलगायत आवश्यक सामग्रीको जाँच र मर्मत कार्य भइरहेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘अहिले उपकरण जाँचकै क्रममा छौं,’ उनले भने, ‘प्याराग्लाइडिङलाई सुरक्षित बनाएर अर्को साताबाट सुरु गर्छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)