मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा जनमोर्चा नबाहिरिने

annapurnapost.com · Sun Mar 06 06:56:00 GMT 2022

पोखरा : सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्यो। यस विषयमा निर्णय गर्न २३ फागुनमा केन्द्रीय कमिटीको बैठक डाकेको छ। प्रतिनिधिसभाबाट १६ फागुनमा एमसीसी अनुमोदन हुँदाकै दिन उक्त पार्टीले गठबन्धनबाट अलगको घोषणा गरेको थियो।

जनमोर्चाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता नै लिए पनि सरकार ढल्दैन। किनभने उक्त पार्टीको सांसद संख्या १ छ र, सत्ता गठबन्धनलाई संसद्को बहुमत १३६ भन्दा बेसी सांसदको समर्थन छ। तर, त्यही पार्टी गण्डकी प्रदेश सरकारमा भने निर्णायक छ। २ सांसद रहेको यो पार्टीले समर्थन फिर्ता लिँदा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकार अल्पमतमा पर्छन्। तर, पोखरेल नेतृत्व सरकारका हकमा भने जनमोर्चाले समर्थन फिर्ता नलिने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)