स्वास्थ्य मन्त्रालयको लाचारी : अक्सिजन छैन, खोप आउँदैन
ratopati.com
काठमाडौं । कोरोनाभाइरस कोभिड—१९ संक्रमण कारण अस्पतालमा बिरामीले भर्ना पाउन मुस्किल भएपछि थप नयाँ कदम चाल्नुपर्ने महसुस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट भाइरसको संक्रमण दर उच्च रहेकाले अहिलेको कदम पर्याप्त नभएको स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्ष्मण आर्यालले स्वीकारे ।
कोरोना महामारी अब सरकारको सामूहिक उत्तरदायित्व बनेको मन्त्रालयको भनाइ छ । यसअघि मन्त्रालयले आउँदो असारको पहिलो सातासम्ममा दैनिक ११ हजार संक्रमित पुष्टि हुने र करिब तीन लाख संक्रमित थपिने प्रक्षेपण गरेको थियो । तीन लाख संक्रमित मध्ये ६० हजार जना अस्पताल पुग्ने मन्त्रालयको प्रक्षेपण थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)