गोकर्णको यज्ञडोल सामुदायिक वनमा युनेस्को ग्राम बन्ने
abhiyandaily.com
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा युनेस्को ग्राम निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नं २३५ मा राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा ग्राम निर्माण हुनेगरी रकम व्यवस्थापन गरेको उल्लेख छ ।
ग्राम अन्तर्गत २१ करोडको लागतमा शहीद तथा युनेस्को संग्रहालय निर्माण गरिनेछ । संग्रहालयमा नेपालका सबै जातिको पहिचान झल्कने वस्तु संग्रह गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायिक वन पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)