सशस्त्र प्रहरीले हाल्यो १२७ लिंगेपिङ
baahrakhari.com · Mon Oct 23 16:18:25 GMT 2023
काठमाडौं । सशस्त्र प्रहरी बलले पिङ हाल्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले सोमबारसम्म देशभर १२७ लिंगेपिङ हालेको जनाइएको छ ।
सशस्त्र प्रहरीले आमसर्वसाधारणलाई मनोरञ्जन होस् भन्ने उद्देश्यले एक दशकभन्दा अघिदेखि पिङ हाल्दै आएको छ । यो वर्ष काठमाडौं उपत्यकाका ४० स्थानसहित देशभर १२७ पिङ राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)