राष्ट्रसंघीय महासभाका क्रममा अमेरिकी दूतसँग भेटवार्ता भएको इरानद्वारा पुष्टि
ratopati.com · Tue Sep 22 20:16:38 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) का क्रममा इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी विशेष दूत स्टिभ विटकफबिच भेटवार्ता भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । मंगलबार अमेरिकी वार्ता टोलीमा रहेका विशेष दूत विटकफ र इरानी विदेशमन्त्रीबिच साइडलाइन वार्ता भएको हो ।
इरानी सरकारी प्रसारक ‘इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ’ (आईआरआईबी) का अनुसार उक्त बैठक विशेष दूत विटकफको अनुरोधमा आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)