लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
ratopati.com · Wed Jul 22 07:04:48 GMT 2026

काठमाडौँ । लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
यही साउन ४ गते बसेको मुख्यसचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उक्त बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्नुपरेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)