बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
rajdhanidaily.com · Wed Jul 22 07:07:27 GMT 2026

मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो ।
प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी छन् । उनीहरूमध्ये पाँच मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए । किरण थापामगर भने हाल काठमाडौं रहेकोले अनुपस्थित रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)