११ वर्षसम्म बनेन भवन
annapurnapost.com · Fri Nov 12 06:44:00 GMT 2021
गोरखा : चीन सरकारले सुविधा सम्पन्न भवन बनाइदेला भनेर सिंजाली माविका शिक्षक, विद्यार्थीले आशा गरेको ११ वर्ष भयो। तर, अहिलेसम्म भवन बनेको छैन। सहिद लखन गाउँपालिका–४ ताक्लुङको सुविधासम्पन्न भवन बनाइदिने भन्दै चिनियाँ अधिकारी, परराष्ट्र र अर्थ मन्त्रालयबीच २०६७/६८ मा सम्झौता भएको थियो। तर, हालसम्म भवन निर्माण सुरु नभएको विद्यालयका प्रधानाध्यापक बलनारायण श्रेष्ठले बताए।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल आएको चीन सरकारको उच्चस्तरीय टोलीले हिमाली जिल्लामा चिनियाँ विद्यालय जस्तै सुविधासम्पन्न १० वटा आवासीय विद्यालय भवन बनाउने सम्झौता गरेको थियो। तीमध्ये आठौं नम्बरमा आफ्नो विद्यालय परेको प्रअ श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)