मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दिल्लीले हात पार्‍यो पहिलो जित

ekantipur.com · Fri Apr 21 00:57:00 GMT 2023

दिल्ली — लगातार पाँच खेलको हार क्रमलाई पूर्णविराम लगाउँदै दिल्ली क्यापिटल्सले बिहीबार इन्डियन प्रिमियर लिग २०२३ मा पहिलो जित निकालेको छ । उसले कोलकता नाइट राइडर्सलाई चार विकेटले हराएको हो ।

जितका लागि १ सय २८ रनको लक्ष्य पाएको दिल्ली चार बलको खेल बाँकी छँदा जितसम्म पुगेको हो । उसका लागि कप्तान डेबिड वार्नरले ४१ बलमा ५७ रन बनाए । उनले ११ चौका प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)