हाकुवासीको पीडा: भूकम्पले उठिबास, बाढीले सर्वनाश
ratopati.com · Tue Sep 22 21:11:20 GMT 2026

नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित जीवनको आशामा बस्ती विस्तार भएको खाल्डे अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ ।
भोटेकोशीको भीषण बाढीले ३०० परिवारको आश्रय मात्र बगाएन, प्रत्येक घरबाट आफ्ना प्रियजन पनि खोसेर लग्यो । बाँचेकाहरू सुरक्षित ठाउँको खोजीमा खाली हात नुवाकोटको विदुर नगरपालिका–५ बाणाचौतारे आइपुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)