रुससँग ‘ऊर्जा युद्धविराम’ का लागि वार्ता गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की
ratopati.com · Tue Sep 22 21:16:10 GMT 2026

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो प्रस्ताव रुसी प्रशासनिक केन्द्र क्रेमलिनसमक्ष पुर्याउन अमेरिका सहमत भएको जानकारी दिए ।
पछिल्लो समय रुस र युक्रेन दुवैले एकअर्काका पूर्वाधारहरू लक्षित गरी आक्रमण तीव्र पारेका छन् । यी आक्रमणहरू विशेष गरी ऊर्जा उत्पादन केन्द्र, यातायात संरचना र प्रमुख आपूर्ति (लजिस्टिक) केन्द्रहरूमा केन्द्रित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)