हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी
barnanmedia.com · Wed Jul 22 08:00:22 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिनुभएको छ । उहाँले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताउनुभएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्घ (आसियान) का विदेशमन्त्रीको मनिलामा जारी बैठकका क्रममा सम्बोधन गर्दै रुबियोले कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, शुल्क असुल्ने र अस्वीकार गर्ने जहाजमाथि आक्रमण गर्ने अधिकार नपाउने स्पष्ट पार्नुभयो । उहाँका अनुसार त्यस्तो अभ्यास स्वीकार गरिए अन्तर्राष्ट्रिय समुद्री कानून र स्वतन्त्र जलयात्राको आधारभूत सिद्धान्त कमजोर हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)