सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
ratopati.com · Wed Jul 22 08:40:06 GMT 2026

विराटनगर । रंगेलीका जोगेन्द्र यादव र उमेश ठाकुर आन्तरिक राजस्व कार्यालय विराटनगरमा प्यान कार्ड लिने लाइनमा छन्। विराटनगर–८ की कलावती ऋषिदेव पनि दुधे बच्चा बोकेर प्यान कार्ड लिने लाइनमै छिन् । उनीहरूलाई जग्गा लिने हो भने फारम भर्नुपर्ने र प्यान नम्बर अनिवार्य भनिएपछि आन्तरिक राजस्व कार्यालयमा आएका हुन्।
सुनवर्षीका गणेश पासवान पनि सोही लाइनमा छन् । उनलाई प्यान नम्बर किन चाहन्छ र कहिलेसम्ममा चाहिन्छ भन्ने कुराको पूर्ण जानकारी नभए पनि कसैले भनिदिएको आधारमा लाइनमा बसेका हुन् । ‘जग्गाकै लागि प्यान चाहिन्छ भनेर म आएको,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)