रग्बी रेफ्री कोइराला उज्बेकिस्तान जाने
nagariknews.nagariknetwork.com · Thu May 14 02:35:24 GMT 2026
रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रूपमा सहभागी हुन बिहीबार उज्बेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएका छन्।
प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपका पूर्वसदस्य सन्तकुमार मेहता र नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे। केही दिन अघि एसिया रग्बी डेभेलपमेन्ट प्यानलमा परेपछि प्रेम मुख्य रेफ्रीमा मनोनीत भएका थिए । नेपालबाट रग्बीको मुख्य रेफ्रीमा मनोनीत हुने प्रेम पहिलो भएको महासचिव घिमिरेले जनाएका छन् । यसअघि उनी सहायक रेफ्री थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)