मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तारुढ गठबन्धनः आज बिहानै बाँडफाँटको टुंगो लगाइने

kalakarmi.com · Sat Oct 08 00:54:44 GMT 2022

काठमाडौैं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको बताइएको छ ।

पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी जसपा बाहिरिएको छ । जसपाकै कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेको पाँच दलीय कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिएका छन् । शीर्ष नेताको शुक्रवारको बैठकमा पनि कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विषयमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)