लुम्बिनीमा एमालेले टुङ्ग्यायो उम्मेदवार
ratopati.com · Sat Jan 17 21:31:24 GMT 2026

काठमाडौँ । लुम्बिनी प्रदेशबाट नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सूची तयार गरेको हो ।
नवलपरासीमा दुईवटा क्षेत्रका उम्मेदवारमा क्रमशः रामप्रसाद पाण्डे र भगवतीप्रसाद यादवलाई टुंगो लगाइएको छ । रुपन्देहीमा पाँच क्षेत्रमध्ये तीनवटामा अध्यक्षले निर्णय गर्ने भएकाले १, २ र ४ नम्बर क्षेत्रको नाम भने टुंगो लगाइएको छैन भने ३ नम्बर क्षेत्रबाट बासुदेव घिमिरे र ५ नम्बर क्षेत्रबाट खिमलाल भट्टराईलाई टिकट दिइने भएको छ । कपिलवस्तुको क्षेत्र नं. १ मा विश्राम चौधरी र बिरेन्द्र कडौनियालाई (३) टिकट तय भएको छ भने २ नम्बर क्षेत्रमा अध्यक्षले टुङ्ग्याउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)