ईमास ५ सार्वजनिकसँगै प्रोटोनका ४ नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
nepalviews.com · Wed Jul 22 09:14:27 GMT 2026

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट ईभी एसयूभी प्रोटोन ईमास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ ।
यसै क्रममा जगदम्बा मोटर्सले मंलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । भक्तपुरको यो नयाँ सोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)