मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आपराधिक उपद्रव गरेको आरोपमा एकजना महिलालाई पक्राउ

barnanmedia.com · Sat Aug 24 22:00:46 UTC 2024

आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बस्ने सपना लामिछाने छिन्। उनलाई रानीपोखरीबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको हुनाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको एसएसपी रजौरेले बताए। केहि दिनअघि काठमाडौंको चण्डोलमा राति १० बजे अर्काको घरमा गएर उनले गाडी लगायका सामग्री तोडफोड गरेको आरोप छ। तोडफोडमा संलग्न अर्की महिला फरार छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)