मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोडसेडिङ चाहने समूहलाई झड्का, हौसिए हितेन्द्रदेव

barnanmedia.com · Thu Mar 27 22:13:13 GMT 2025

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजनीतिक लाभ भएको छ। भारतले साँझ र राति विद्युत दिन बन्द गरेको, उद्योगमा १२ घन्टा लोडसेडिङ भइरहेको र आगामी दिनमा उपभोक्ताको घरमा पनि लोडसेडिङ हुने लगभग पक्का भएका बेला हितेन्द्र प्राधिकरणमा आएका थिए।

सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेर गत सोमबार मात्र हितेन्द्रलाई नियुक्त गरेपछि एकथरीको तर्क थियो, अब लोडसेडिङ कन्फम। भारतले राति विजुली नदिने र नेपालको उत्पादनले नधान्ने भएपछि लोडसेडिङ हुँदा त्यसको अपजस हितेन्द्रलाई मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कालाई जाने पक्का थियो। किनकी घिसिङलाई हटाउदा सरकारको तीव्र आलोचना भइरहेका बेला भारतबाट खुसीको खबर आएको हो। यो खबरका कारण त्यो समूहलाई झड्का लागेको छ, जसले सुनियोजित रुपमा व्यवस्था र राज्यमाथि आक्रमण गर्दै आएको छ। मुलुकमा अस्थिरता भएको देख्न चाहन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)