काँग्रेस धनुषा : निधी समूहका पजियार निर्वाचित
annapurnapost.com · Sat Mar 12 06:55:00 GMT 2022
जनकपुरधाम : नेपाली काँग्रेस धनुषाका सभापतिमा विमलेन्द्र निधी समूहका योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन्।
शुक्रबार राति आएको मतपरिणामअनुसार पजियारले यादवलाई ६८९ मतले पराजित गरेका हुन्। कूल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ र यादवले १ हजार ४६ मत प्राप्त गरेका छन् भने ३३ मत बदर भएको सहायक निर्वाचन अधिकृत रामगुलाम कर्णले जानकारी दिए। ३ हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)