क्रसर उद्योगको नियमनको जिम्मा स्थानीय तहलाई दिनु भीषण गल्ती’ (भिडियो)
news24nepal.tv · Wed Sep 15 01:20:23 GMT 2021
मोरङ । गैडाका छाला जस्तै चाम्रो भएका छन् – नेपालका क्रसर उद्योगहरु । जति भने पनि र जति नै आन्दोलन गरे पनि नबिझाउने । उच्च तहबाट पाएको आर्शीवादका कारण कानमा तेल हालेर बसेका यस्ता उद्योगहरुका कारण पानीको स्रोत जताततै सुक्न थालेको छ ।
क्रसर उद्योगहरुले गरेको मनपरी उत्खननका कारण वातावरणमा पारेको असरले धेरै भूभागहरु मरुभूमिकरणको जोखिम बढ्दो छ । तर राजनीतिक दल, कमाउ धन्दामा लागेका तिनका नेताहरु, आफ्नोमात्र भविष्य सोच्ने जनप्रतिनिधि र स्थानीय प्रहरी प्रशासनको आडमा मौलाएको क्रसर व्यापार तत्काल रोकिने कुनै सकेत देखिन्न ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)