मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत
barnanmedia.com · Sun Dec 14 21:15:00 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताउनुभएको छ । तर, उहाँले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार भोग्न सक्ने सम्भावनाको सङ्केत गर्नुभएको छ ।
जनवरीमा ह्वाइट हाउसमा पुनः फर्किनुभएका ट्रम्प नेतृत्वको रिपब्लिकन प्रशासनले अमेरिकी अर्थतन्त्र हाल फस्टाउँदै गएको दाबी गर्दै आएको छ । यस क्रममा उहाँले मुद्रास्फीति बढ्नुका लागि आफ्ना डेमोक्रेटिक पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई दोष दिँदै आउनुभएको छ । जर्नलसँग ओभल अफिसमा भएको अन्तर्वार्तामा ट्रम्पले भन्नुभयो, “मैले इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र निर्माण गरेको छु, तर मानिसहरूलाई त्यसको अनुभूति हुन केही समय लाग्न सक्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)