मञ्च आसीन नेता देखाउँदै गगन थापालाई उमाकान्तको आग्रह– यी महारथिहरूको सम्मान गर्नुस्
shilapatra.com · Wed Jul 22 09:45:55 GMT 2026

नेपाली कांग्रेसका नेता उमाकान्त चाैधरीले बीपी कोइरालाले जन्माएको पार्टीलाई बलियो बनाउने हो भने जीवित महारथिहरूलाई सम्मान गर्न सभापति गगन थापालाई आग्रह गरेका छन् ।
बीपी स्मृति दिवसमा आयोजित समारोहमा चाैधरीले बाँचेका महारथिहरूको अपमान गरेर कांग्रेसको सम्मान नहुने बताए । उनले भने, 'यहाँ मञ्चमा रहेका महारथिहरूलाई सम्मान नगर्ने हो भने बीपीको सम्मान हुन सक्दैन', चाैधरीले भने 'पार्टीमा एकता चाहने हो भने सभापति गगन थापाज्यू यी नेताहरूको सम्मान गर्नुहोस् । कांग्रेसले यी महारथिहरूको सम्मान गरेन भने अरुले गर्न सक्दैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)