मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

नचाइयो बाह्रवर्षे पचली भैरव नाच

gorkhapatraonline.com · Sat Feb 03 00:34:06 GMT 2024

काठमाडौँ, माघ २० गते । हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइएको छ । सामान्य बोलीमा पचली भैरवको १२ वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने श्रीपचली भैरवको खड्ग सिद्धी नाच हो भने यसलाई नेपाल भाषामा गथु प्याखँ भनिन्छ । दुई दिनसम्म नचाइने सो नाचमा गणेश, वाराही, इन्द्रायणी, ब्रह्मायणी, नारायण, भैरव, सिँगिणी, व्याधिणी, श्वेत भैरवसहित १३ देवगण संलग्न नाच परम्परागत बाजाका तालमा नाचिन्छ । सुरुमा गुरु बाजालाई ढोग गरेपछि फरक पोसाक र मुकुन्डोमा सजिएका देवगणले क्रमशः नाच प्रस्तुत गरिन्छ ।

सो नाचका मूल नाइके सुरेश मालाकारले तत्कालीन समयमा राजा र देवताबिच खड्ग साटासाटका रूपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने जानकारी दिनुभयो । उहाँका अनुसार तान्त्रिक हिसाबमा गुरुले बाजा बजाउँछन् त्यही अनुसार देवगण नाच्ने विश्वास राखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)