हलेसी तुवाचुङमा भूमि प्रशासन सेवा, दिक्तेल धाउनुपर्ने नागरिकको बाध्यता हट्यो
ratopati.com · Tue Sep 22 23:38:25 GMT 2026

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले भूमि प्रशासन सेवा सुरु गरेको छ । भूमि तथा मालपोतसम्बन्धी कामका लागि सदरमुकाम दिक्तेल धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटाउन नगरपालिकाले भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको हो ।
भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुने सेवामध्ये ‘बायोमेट्रिक’बाहेक सबै काम स्थानीय तहबाटै प्रदान गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । जिल्लाको दोस्रो ठुलो स्थानीय तह (एघार वडा रहेको) यो नगरपालिकाले सोमबारदेखि सो सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालनमा आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)