हट्यो परम्परागत बेथिति
gorkhapatraonline.com · Tue Sep 22 23:38:33 GMT 2026

निजामती कर्मचारीको अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ । गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरुवा प्रणालीले यसअघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा गराउने परम्परागत बेथितिको अन्त्य गरेको हो ।
निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्ने, कर्मचारी र रिक्त कार्यालयबारे अवगत गराउने भएकाले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णतः बन्द भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)