रुँदै मैदानबाट बाहिरिए राेनाल्डाे
nepallive.com · Sat Dec 10 17:27:00 GMT 2022
काठमाडौं– स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाेका लागि कतारमा जारी विश्वकप निरासाजनक रह्याे। विश्वकपमा सहभागी हुन कतार आउनुअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगकाे लफडा र प्रिक्वाटर फाइनलमा बेञ्चमा बस्नु परेकाे बाध्यताका बीच शनिबार राती भएकाे खेलमा कमजाेर आंकिएकाे अफ्रिकी देश माेरक्काेसँग पराजित हुँदै पाेर्चुगल बाहिरिएकाे छ।
३७ वर्षीय पाेर्चुगिज स्ट्राइकरकाे याे विश्वकप अन्तिम भएकाे खबर बाहिरिरहेकाे अवस्थामा माेरक्काेसँग १–० गाेलले पराजित भएर बाहिरिनु परेकाे घटना राेनाल्डाेका लागि सुखद हाेइन। उनी अर्काे विश्वकपमा ४१ वर्ष पुगिसकेका हुने छन्। र याे उमेरमा पाेर्चुगलकाे टिममा स्थान पाउनु असम्भव मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)