गगन थापाहरूले बाटो बिराइहाल्नुभो त म भन्दिनँ : सिटाैला
shilapatra.com · Wed Jul 22 10:19:00 GMT 2026

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलाले आफूहरूलाई पनि पार्टीमा जोड्न सक्ने आँट देखाउन संस्थापनपक्षलाई आग्रह गरेका छन् । बीपी स्मृति दिवसका अवसरमा आयोजित समारोहमा उनले गगन थापाहरूले बाटो बिराइहालेको भन्नचाहिँ नमिल्ने बताए ।
यद्यपि, आफूहरूलाई पनि पार्टीमा समेटेर जानुपर्ने सानो माग सम्बोधन गर्न नसकेको विषयमा भने प्रश्नहरू रहेको बताए ।उनले अब युवाहरूले नै पार्टी चलाउने भए पनि बाटो बिराउने नहुने बताउँदै भने, 'गगन थापाहरूले बाटो बिराउनुभो त भनिहाल्दैन । तर, यति सानो माग पूरा गर्न किन आँट नआएको ?'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)