सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार
rajdhanidaily.com · Wed Jul 22 10:30:54 GMT 2026

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने भएको छ । आज एक सूचना जारी गर्दै भूमि समस्या समाधान समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका २९ परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)