मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस र युक्रेनबीच २३० युद्धबन्दी आदानप्रदान

lokaantar.com

किएभ– रुसको कुस्र्क क्षेत्रमा युक्रेनले अचानक आक्रमण गरेको दुई साता नबित्दै रुस र युक्रेनले शनिवार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएको मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स (यूएई)ले जानकारी गराएको छ ।

कुस्र्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रुसले पूर्वी युक्रेनी शहरलक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेको समय यो आदानप्रदान भएको हो । युक्रेनी स्वतन्त्रता दिवसमा पनि यस्तो आदानप्रदान भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)