मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने

rajdhanidaily.com · Sat Aug 24 23:35:03 UTC 2024

टेक्सास (अमेरिका) । अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रूपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही ९ भदौ (२५ अगस्ट)का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।

राज्यस्तरमा स्थापना भएका सुदूरपश्चिम नेपाली समाजको आयोजनामा हुन लागेको गौरा महोत्सवको आवश्यक तयारी गरिएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक चाड हो । सुदूरपश्चिम प्रदेशमा साताव्यापी रूपमा मनाउने गरिए पनि अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा एक दिन उत्सवका रूपमा मनाउन लागिएको मेरिल्यान्डका समाजसेवी तथा समाजका पूर्वअध्यक्ष दमनविक्रम शाहले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)