विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य नियुक्त
annapurnapost.com · Wed Jul 22 10:44:38 GMT 2026

काठमाडौं : विशेष अदालतको अध्यक्ष पदमा न्यायाधीश वासुदेव आचार्य नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश आचार्यलाई विशेष अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसैगरी बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)