मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपीडितलाई पुनर्वासको तयारी

gorkhapatraonline.com · Wed Sep 23 00:11:51 GMT 2026

सरकारले भोटेकोशी बाढीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेजसम्बन्धी नीति तथा योजना अगाडि बढाएको छ । बाढीका कारण आफ्नो बासस्थान गुमाएका प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका हुन् ।

रसुवाका बाढी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुनर्निर्माण नगरी नजिकैको सुविधा सम्पन्न ‘टाउनसिप’ ढाँचामा व्यवस्थित गर्ने योजना सरकारले अगाडि बढाएको हो । नयाँ ‘टाउनसिप’ मा शिक्षा, स्वास्थ्यलगायत आवश्यक पूर्वाधारहरू निर्माण गरिने छ । जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ । यसअघि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको स्पष्ट पारिसक्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)