न्यून चापीय क्षेत्र बङ्गालको खाडीबाट उत्तरपश्चिम सर्दै, कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने
kendrabindu.com · Wed Sep 23 00:11:18 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीकोपश्चिम-मध्य भू-भाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज कोशी प्रदेशको पहाडी र बागमती प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)