गगनको विकल्प छैनः उपसभापति भुसाल
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

अर्घाखाँची । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छिन् । उपसभापति भुसालले पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्ने बताइन् ।
सन्धिखर्कमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भनिन्, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन ।” पार्टीको १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्ने उल्लेख गर्दै उपसभापति भुसालले आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)