सरकारका ७ निर्णय : दुई विमानस्थलमा शुल्क छुटदेखि मिटरब्याजसँग सम्बन्धित फर्जी लिखत अवैध घाेषणासम्म
arthadabali.com · Wed Jul 22 10:52:21 GMT 2026

काठमाडौँ / मन्त्रिपरिषद् बैठकले न्यायिक नियुक्ति, अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, मिटरब्याज पीडितसँग भएको सम्झौताको अनुमोदन, न्यायिक छानबिन समिति गठन तथा शिक्षा–स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने लगायत सात वटा महत्वपूर्ण निर्णय गरेको छ।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिए। बैठकले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)