भारतीय पूर्व कप्तान अजहरुद्दीनविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता
ratopati.com · Fri Oct 20 22:38:00 GMT 2023
हैदराबाद । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद अजहरुद्दीनसहित तीन जनाविरुद्ध हैदराबाद क्रिकेट संघमा ३.८५ करोड भारतीय रुपैयाँको दुरुपयोग गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। त्यतिबेला अजहरुद्दिन संघका अध्यक्ष थिए।
एफआईआरमा पूर्व सचिव आर विजय आनंदत र पूर्व कोषाध्यक्ष सुरेन्द्र अग्रवालको नाम पनि समावेश छ। उक्त रकम उप्पलस्थित आरजीआईसी स्टेडियमका लागि क्रिकेट बल, फायर सेफ्टी इक्विपमेन्ट, जिमका उपकरण र कुर्सी खरिद गर्न प्रयोग भएको आरोप छ । एफआईआरमा ती कम्पनीहरूको नाम पनि समावेश छ जसबाट खरिद गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)