मिटरब्याजसम्बन्धी सबै लिखतहरू सरकारद्वारा अवैध घोषणा
rajdhanidaily.com · Wed Jul 22 10:59:54 GMT 2026

काठमाडौं । सरकारले मिटरब्याज लिने गरी भएका सबै लिखतहरू अवैध घोषणा गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मिटरब्याजपीडित र सरकारी पक्षबीच १ साउनमा भएको सम्झौतालाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले आजैका मितिबाट मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध भएको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)