देशबाहिर भए पनि राजनीतिक घटनाक्रम नियालिरहेको छु : देउवा
shilapatra.com · Wed Jul 22 10:59:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू उपचारका सिलसिलामा देशबाहिर भए पनि मुलुकका राजनीतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको बताएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा आयोजित समारोहमा सन्देश पठाउँदै देउवाले देशका घटनाक्रम आफूले नियालिरहेको बताएका हुन् । उनले आफू छिट्टै स्वदेश फर्किने सन्देश पनि दिएका छन् । उनले आफूमाथि वर्तमान सरकारले प्रतिशोध राख्न सक्ने आशंका पनि व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)