आज देशैभर कांग्रेसको पालिका अधिवेशन
nepallive.com · Wed Sep 23 00:28:38 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।
केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)