समाज बलियो बनाऊ, असन्तुष्टि घटाऊ
annapurnapost.com · Wed Sep 23 00:21:04 GMT 2026

झट्ट हेर्दा काठमाडौंका त्रिपुरेश्वरमा सोमबार एकजना बस चालकले गरेको आत्मदाहको कारण ट्राफिक प्रहरीसँगको विवाद देखिन्छ। यसैगरी मुगुका गणेश नेपालीले पनि प्रहरीसँगको सामान्य भनाभनपछि आत्मदाह गरेको धेरै भएको छैन। यो वर्षमात्रै आत्मदाहका अरुरू पनि घटना भए। तर ती सबै एकल व्यक्तिगत घटना होइन, सामाजिक परिघटनाहरू हुन्। सोमबार अर्जुन दोङ तामाङले बसै जलाएर आत्मदाह गर्नु ट्राफिक प्रहरीसँगको विवादको सामान्य घटना होइन।