भोटेकोशी बाढीबाट १७ हजार बालबालिका प्रभावित
annapurnapost.com · Wed Sep 23 00:27:57 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार होल्डिङ सेन्टरहरूमा १ हजार २ सय ३३ जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या ४० बाट घटेर १२ मा आएको छ।
दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा ५ सय ९ जना बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा ७५ जना, नुवाकोटमा २ सय १४ र काठमाडौंमा २ सय २० कुल १ सय ३४ जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये २८ जनाले आमाबुवा दुवै, ५० जनाले बुवामात्र र ५२ जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषद्को भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)