आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
nepalsamaya.com · Wed Sep 23 00:42:31 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र न्यून चापीय क्षेत्र बङ्गालको खाडीकोपश्चिम-मध्य भू-भाग आसपास रहेको बताएको छ।
उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको महाशाखाले बताएको छ। हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने र तराई भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थआनमा मध्यमसम्मको वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)