आजको विदेशी मुद्राको विनिमयदर : डलर १५३ रुपैयाँ २५ पैसा, अन्यको कति ?
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा तोकिएको छ। त्यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८७ रुपैयाँ २० पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)